बृषेशचन्द्र लाल गए लोसपा छोडेर तमलोपामा
काठमाडौं । बृषेशचन्द्र लाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्यास गरी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)मा प्रवेश गरेका छन् ।
आज जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनले लोसपा परित्याग गर्दै तमलोपामा समाहित भएको घोषणा गरेका छन् ।
लालसँगै र नेता डा. विजयकुमार सिंहलगायत नेता–कार्यकर्ता तमलोपा प्रवेश गरेका हुन् ।
लाल लोसपाका कार्यकारी सदस्य थिए । साथै, उनी राष्ट्रियसभाका पूर्वसदस्य पनि हुन् ।
अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेपछि शिवशंकर लाल कर्णले तमसोमाकाे अस्तित्व बचाएर राखेका थिए । अहिले उनै कर्ण अध्यक्ष छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया