जातीय दङ्गामा सुडानमा ३१ जनाको मृत्यु
खार्तुम । सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ ।
झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।
सुरक्षा समितिले घटनास्थलमा कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्यु लगाइएको क्षेत्रमा हिँड्डुल गर्न, भिडभाड गर्न निषेध गरिएको छ ।
ब्लु नाइल प्रदेश अन्तर्गत पर्ने अल डामाजिन र अल रुसाइरिजमा स्थानीय समय अनुसार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको हो ।
स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए ।
अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सिमा क्षेत्र हो । सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक सङ्कट छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया