नागरिकलाई सूचना र शिक्षा दिने दायित्वमा प्रभावकारीरूपमा लागोस् : प्रधानमन्त्री देउवा
काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा राष्ट्रिय समाचार समिति अझ प्रमावकारीरूपमा अघि बढ्न सकोस् बताएका छन्।
राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य भिडियोसेवाबारे दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘नागरिकलाई सूचना दिनु भनेको उनीहरूको मौलिक हकको सम्मान गर्नु हो । सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारीरूपमा अघि बढ्न सकोस् ।’
नेपालका आमसञ्चारमाध्यमहरूलाई समाचार प्रदान गर्दै आएको सेवा प्रदायक समाचार संस्था राससले आफ्नो स्थापनाको ६१औँ वर्षमा श्रव्य दृश्य भिडियो सेवा पनि सुरु गर्न लागेकामा प्रधानमन्त्री देउवाले खुसी व्यक्त गरे ।
सूचना प्रविधिको द्रूतगतिमा विकास भइरहेको वर्तमान विश्वमा राससले पनि आफ्ना माध्यमहरूलाई परिमार्जन गर्दै जानु आवश्यक रहेको प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा व्यक्त गरेका छन् । उनले सूचना र प्रविधिको विकाससँगै सोहीअनुरुप जनतालाई सही र तथ्यपरक समाचार पस्कने दायित्व राससको भएको पनि स्मरण गराएका छन् ।
नेपालका सञ्चारमाध्यमहरूलाई स्वदेशी र विदेशी समाचारहरू उपलब्ध गराउँदै आएको राससले भिडियो सेवामार्फत आफ्ना सेवामा विविधिकरण ल्याउन सक्ने उनले अपेक्षा गरेका छन् । प्रधानमन्त्री देउवाले राससले सुरु गर्न लागेको श्रव्य दृश्य ९भिडियो० सेवाको सफलताको कामना पनि गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया