मोदीले प्रचण्डलाई भेट दिएनन्
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट नदिने भएका छन् ।
यसअघि शुक्रबार तीनदिने भारत भ्रमणमा निस्किएका प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम रहेको बताएका थिए । तर, अन्तिममा आएर मोदीले प्रचण्डलाई भेट नदिएको बताइएको छ ।
प्रचण्ड मोदीलाई नभेटी आजै स्वदेश फर्किने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणको अन्तिम दिन आज प्रचण्डले अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया