नेपालले गुमायो आठौं विकेट, करण आउट

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले लगातार विकेट गुमाएको छ । नेपालले आठौँ विकेटको रुपमा करण केसीलाई गुमाएको हो ।
यसअघि नेपालले विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, देव खनाल र आसिफ शेखको विकेट गुमाइसकेको छ ।
नेपालले २६.३ ओभरमा ९९ रन बनाएको अवस्थामा आठौँँ विकेट गुमाएको हो ।
अहिले कप्तान सन्दीप लामिछाने र सोमपाल कामी क्रिजमा छन् ।
प्रतिक्रिया