नेपालले गुमायो सातौँ विकेट

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले लगातार विकेट गुमाएको छ । नेपालले सातौँ विकेटको रुपमा विनोद भण्डरीलाई गुमाएको हो ।
विनोद १३ रन बनाएर आउट भएका हुन् ।
यसअघि नेपालले दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, देव खनाल र आसिफ शेखको विकेट गुमाइसकेको छ ।
नेपालले २५.२ ओभरमा ९२ रन बनाएको अवस्थामा सातौँ विकेट गुमाएको हो ।
अहिले करण केसी र सोमपाल कामी क्रिजमा छन् ।
प्रतिक्रिया