नेपालले नवौं विकेट गुमायो

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले लगातार विकेट गुमाएको छ । नेपालले नवौं विकेटको रुपमा सोमपाल कामीलाई गुमाएको हो ।
यसअघि नेपालले करण केसी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, देव खनाल र आसिफ शेखको विकेट गुमाइसकेको छ ।
नेपालले ३१.७ ओभरमा ११९ रन बनाएको अवस्थामा नवौँ विकेट गुमाएको हो ।
अहिले कप्तान सन्दीप लामिछाने र किशोर महतो क्रिजमा छन् । अब नेपाल अलआउट हुन एक विकेटमात्र टाढा छ ।
प्रतिक्रिया