सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिएपछि अख्तियारबाट यसरी समातिए अधिकृत

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीस्थित मोहन्याल गाउँपालिकामा कार्यरत अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ ।
गाउँपालिकामा कार्यरत अधिकृत दीपेन्द्र बुढा क्षेत्रीलाई ३० हजार रूपैयाँ घुस रकमसहित आयोगले नियन्त्रणमा लिएको जानकारी गराएको हो । क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस माग गरेको भन्ने उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा अनुसन्धान गर्दा आयोगको कन्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले क्षेत्रीलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनलाई आयोगले घोडाघोडी नगरपालिका १ स्थित होटल नवरत्नबाट आज नियन्त्रणमा लिइएको हो ।
क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया