सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिएपछि अख्तियारबाट यसरी समातिए अधिकृत
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीस्थित मोहन्याल गाउँपालिकामा कार्यरत अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ ।
गाउँपालिकामा कार्यरत अधिकृत दीपेन्द्र बुढा क्षेत्रीलाई ३० हजार रूपैयाँ घुस रकमसहित आयोगले नियन्त्रणमा लिएको जानकारी गराएको हो । क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस माग गरेको भन्ने उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा अनुसन्धान गर्दा आयोगको कन्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले क्षेत्रीलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनलाई आयोगले घोडाघोडी नगरपालिका १ स्थित होटल नवरत्नबाट आज नियन्त्रणमा लिइएको हो ।
क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया