भारत भ्रमण सफल भएको दाबी गर्दै फर्किए प्रचण्ड (५ तस्बिरसहित)
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनदिने भारत भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका छन् ।
उनलाई पार्टीका नेता–कार्यकर्ताले काठमाडौंको त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

यसअघि शुक्रबार भारत भ्रमणमा निस्किएका प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम रहेको बताएका थिए ।
यद्यपि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डको भेट भएन । अन्तिममा आएर मोदीले प्रचण्डलाई भेट नदिएको बताइएको छ ।

भ्रमणको अन्तिम दिन आजै प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले भेट नदिए पनि प्रचण्डको सचिवालयले भने भ्रमण सफल भएको दाबी गरेको छ ।

‘भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले इतिहासमा थाती रहेका नेपाल–भारत सम्बन्धका समस्याहरूलाई जोड दिएर उठाउनुभएको छ । भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको छ,’ सचिवालयले भनेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया