भारत भ्रमण सफल भएको दाबी गर्दै फर्किए प्रचण्ड (५ तस्बिरसहित)
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनदिने भारत भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका छन् ।
उनलाई पार्टीका नेता–कार्यकर्ताले काठमाडौंको त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

यसअघि शुक्रबार भारत भ्रमणमा निस्किएका प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम रहेको बताएका थिए ।
यद्यपि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डको भेट भएन । अन्तिममा आएर मोदीले प्रचण्डलाई भेट नदिएको बताइएको छ ।

भ्रमणको अन्तिम दिन आजै प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले भेट नदिए पनि प्रचण्डको सचिवालयले भने भ्रमण सफल भएको दाबी गरेको छ ।

‘भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले इतिहासमा थाती रहेका नेपाल–भारत सम्बन्धका समस्याहरूलाई जोड दिएर उठाउनुभएको छ । भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको छ,’ सचिवालयले भनेको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया