सांसद आलेमगरले दिए प्रचण्डको विरोध गर्नेलाई ‘साइबर स्याल’को संज्ञा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तर्फबाट राष्ट्रियसभाका सांसद सुरेश आलेमगरले भारत भ्रमणका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खिल्ली उडाउनेलाई ‘साइबर स्याल’को संज्ञा दिएका छन् ।
भारत भ्रमण क्रममा प्रचण्डको प्रधानमन्त्रीपत्नी आरजु राणासँग भएको भेटसँग जोडेर कतिपयले झुटो प्रचार गरेको भन्दै आलेमगरले उनीहरूलाई ‘सायबर स्याल’को संज्ञा दिएका हुन् ।
उनको यो आक्रोश प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को साइबर ब्युरो ‘साइबर सेना’प्रति लक्षित थियो ।
‘हाम्रा आदरणीय अध्यक्ष कमरेड प्रचण्डको इण्डिया भ्रमणको बारेमा जुन एउटा न्युज आयो । त्यो फेक न्यूज हो । एउटा पार्टीको विदेश विभाग प्रमुखको उपस्थितिमा कमरेड प्रचण्ड–आरजु राणाजीको बैठकले त्यस्तो निर्णय गर्न सक्छ ?’, सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रश्न गरे, ‘यो वाइयात र झुट कुरा हो । मैले सुनेअनुसार यो साइबर स्यालकै कल्पना हो ।’
सांसद आलेमगरले गभर्नर महाप्रसाद अधिकारीले ‘एम अधिकारी’को छद्म नामबाट एमालेको सदस्यता लिएको विषयमा पनि प्रश्न उठाएका थिए ।
भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीपत्नी राणाबीच भेटवार्ता भएको थियो । सो क्रममा उनीहरूबीच आलोपालो प्रधानमन्त्री बन्नेलगायतका ‘पावर सेयरिङ’ भयो भन्ने विषय बाहिरिएको थियो । सांसद आलेमगरले यसैको बचाउ गरेका हुन् ।
भारत भ्रमण सफल भएको दाबी गर्दै फर्किए प्रचण्ड (५ तस्बिरसहित)
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया