घानामा पहिलोपटक देखियो घातक मार्बर्ग भाइरस
काठमाडौं । अफ्रिकी मुलुक घानामा पहिलोपटक घातक मार्बर्ग भाइरस भेटिएको पुष्टि भएको छ । त्यहाँ दुई जनामा उक्त भाइरस देखा परेको अधिकारीहरूले बताएका छन् ।
मार्बर्ग इबोला परिवार समूहको उच्च सङ्क्रामक भाइरस हो । घानाको दक्षिण क्षेत्रस्थित एक अस्पतालमा दुवै संक्रमितको मृत्यु भएको बताइएको छ । यसै महिनाको सुरुमा दुवै जनामा संकलित नमुनामा संक्रमण देखिएको थियो ।
अहिले सेनेगलस्थित प्रयोगशालाले पनि त्यसलाई पुष्टि गरेको हो । उक्त पश्चिम अफ्रिकी देशका स्वास्थ्य अधिकारीहरूले ती दुई जनासँग सम्पर्कमा रहेको ठानिएका ९८ जना अहिले क्वारन्टीनमा रहेको छन् ।
मार्बर्ग भाइरसका लागि हालसम्म कुनै पनि उपचार उपलब्ध छैन । संक्रमण देखिएको लक्षणको उपचार गर्दा र प्रयाप्त पानी पिउँदा बिरामीहरू बाँच्ने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् ।
उक्त भाइरस एक खाले चमेरोबाट मानिसमा र मानिसहरूबीच शरीरबाट उत्पन्न हुने विभिन्न किसिमका तरल पदार्थको माध्यमबाट सर्ने गर्छ । मार्गर्बको संक्रमण भएका मानिसहरुमा टाउको दुख्ने, ज्वरो आउने, मांशपेशी दुख्ने, रगत मिसिएको बान्ता हुने र रक्तश्राव हुनेजस्ता लक्षण देखिन्छन् ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया