नेपालीलाई ‘खराब समर्थक’ भनेका अमेरिकी क्रिकेटर अलीलाई सन्दीपले दिए जवाफ
काठमाडौं । अमेरिकी पत्रकार पिटर डेला पेनाले आफूलाई एक नेपाली क्रिकेट समर्थकले व्यक्तिगत सन्देश लेखेको र त्यसमा कमेन्ट्री गर्दा नेपालको विपक्षमा बोलेको बताएको खुलाएका छन् ।
पेनाले ट्विटरमा आफ्नो भनाइ राखेलगत्तै त्यसमा अमेरिका राष्ट्रिय क्रिकेट टोलीका एक सदस्य अली खानले प्रतिक्रिया दिए ।
‘नेपालका समर्थक सबैभन्दा खराब,’ उनले यस्तो लेखे ।
अलीको यो आरोपको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले तत्कालै खण्डन गर्दै कडा जवाफ दिएका छन् ।
नेपाली समर्थकविनाको क्रिकेट विश्वनक्शा अधुरो रहने बताउँदै यसरी सामान्यायीकृत नगर्न अलीलाई सन्दीपले चेतावनी दिएका छन् ।
‘मेरा एक क्रिकेट सहकर्मीबाट यस्तो सामान्यीकृत र घृणित टिप्पणीको आशा कहिल्यै गरेको थिइनँ । नेपालका जनता क्रिकेट श्वास फेर्छन् । क्रिकेट उनीहरूको रगतमै छ । र, तिनीहरू क्रिकेट विश्व नक्शाको एक महत्वपूर्ण भाग हुन् । खेलकुदले मानिसहरूलाई एकताबद्ध गर्नुपर्छ, विभाजित होइन,’ उनले ट्विटरमा जवाफ दिएका छन् ।

गत महिनामात्र अमेरिकी टोली नेपाल भ्रमणमा आएको बेला अलीले मैदानमा उपस्थित नेपाली समर्थकलाई उत्तेजित बनाउन विभिन्न हर्कत गरेका थिए ।
अली आफैँ ‘सक्कली अमेरिकन’ होइनन् । पाकिस्तानी नागरिक रहेका उनले क्रिकेट खेल्नकै लागि सन् २०१६ मा अमेरिकी राहधानी ग्रहण गरेका थिए । नेपाली समर्थकहरू अहिले यसैलाई ‘इस्यू’ बनाएर विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।
नेपाल स्कटल्याण्डसँग भारी अन्तरले पराजित, कठिन बन्दै विश्वकप छनोट
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया