नेपाल स्कटल्याण्डसँग भारी अन्तरले पराजित, कठिन बन्दै विश्वकप छनोट
काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपाल भारी अन्तरले पराजित भएको छ ।
ग्लसगोउमा भर्खरै सम्पन्न खेलमा नेपाल ८ विकेटको भारी अन्तरले पराजित भएको हो ।
नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले १९ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । १८६ बल बाँकी छँदै स्कटल्याण्डले लक्ष्य भेट्टाएको हो ।
नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान १ विकेट लिएका हुन् ।
यसअघि टस हारे ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रनमात्र बनाउन सकेको थियो ।
विश्वकप लिग २ अन्तर्गतको त्रिदेवशीय सिरिजमा ४ खेल खेलेको नेपालले १ जितमात्र हासिल गरेको छ । नेपालले २ खेल नामिबियासँग र १ खेल स्कटल्याण्डसँग हारेको हो । नेपालले १ खेलमा भने घरेलु टोली स्कटल्याण्डलाई भारी अन्तरले हराएको थियो ।
विश्वकप लिग २ मा नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोेड्दै छैटौं स्थानमा पुगेको छ । योसँगै नेपालको शीर्ष तीनमा रहेर सिधैं ग्लोबल एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर कठिन बनेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया