नागपोखरीको सुनचाँदी चोरी गर्ने तीनजना पक्राउ
काठमाडौं । प्रहरीले नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुन तथा चाँदीका गरगहना चोरी गर्ने सिन्धुपाल्चोकको चौताराकी १८ वर्षीया सविना पराजुली, गुल्मीको मुर्साकोटका २५ वर्षीय विष्णु पछाई र सर्लाहीको लालबन्दीका २० वर्षीय सिद्धार्थ बुढाथोकीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौं महानगरपालिका–१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोरेर सुन तथा चाँदीको गरगहना चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुले रु १२ लाख मूल्य बराबरका गरगहना चोरी गरेको खुलेको छ ।
प्रहरीले पक्राउ परेकाहरूबाट सुनको तिलहरी एक थान, चाँदीको करुवा दुई थान, चाँदीको सिसादानी एक थान, चाँदीको सुकुन्दा एक थान, चाँदीको ऐना एक थान, चाँदीको मुकुट एक थान, चाँदीको पाता दुई थान, चाँदीको दियो पाँच थान, चाँदीको गिलास दुई थान, कचौरा चार थान, चम्चा तीन थान, चाँदीको माला एक थान, विभिन्न सिक्का १३४ थानलगायत सामग्री बरामद गरेको छ ।
पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २० को चोरी तथा डाँकासम्बन्धी कसुरको देहाय २४१ अन्तर्गत चोरी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले जानकारी दिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया