रोमानियन टिभीमा ‘वर एण्ड वधु’ टोलीको अन्तर्वार्ता, आँचलको पहिरनको चर्चा
काठमाडौं । नेपाली चलचित्र ‘वर एण्ड वधु’को छायांकन रोमानियामा भइरहेको छ । रोमानियाका विभिन्न ठाउँमा उक्त चलचित्रको छायाँकन भइरहेको हो ।
‘वर एण्ड वधु’को निर्देशन मिलन चाम्सले गरेका छन् । चलचित्रमा आँचल शर्मा र नवप्रवेशी विवेक कर्माचार्यको अभिनय रहेको छ ।
यसैबीच, चलचित्रका कलाकार आँचल, विवेक र निर्देशक चाम्स रोमानियाको एमएन टेलिभिजनमा अन्तरवार्ता दिन पुगेका छन् ।
सो अन्तर्वार्तामा चलचित्र ‘वर एण्ड वधु’का विषयमा कुराकानी भएको बताइएको छ ।
अन्तरर्वाताभन्दा पनि अहिले अभिनेत्री आँचलले लगाएको पहिरनले चर्चा पाएको छ । उनले निलो रंगको पहिरन लगाएकी छिन् । सो पहिरनमा उनी आकर्षक देखिएको चर्चा चलिरहेको छ ।
चलचित्रको कथावस्तु कमेडी शैलीमा प्रस्तुत गरिएको निर्देशक चाम्सले बताएका छन् । चलचित्रमा प्रदीप भारद्धाजको कथा, सुदीप बरालको छायांकन रहेको छ ।
नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन आफू लागिपरेको निर्देशक चाम्सले बताएका छन् ।
‘वर एण्ड वधु’को छायांकन रोमानिया, इटाली, फ्रान्स र नेपालमा हुने छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका कार्यकारी निर्माता डा. अमित रिजाल हुन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया