प्रेस युनियनको अध्यक्षको उम्मेदवारमा संस्थापनबाट बिन्दु, पूर्वसंस्थापनबाट को ?
काठमाडौं । ९ वर्षपछि हुन लागेको ८ औं महाधिवेशनमा प्रेस युनियनमा अध्यक्षका लागि संस्थापनबाट अनिता बिन्दुको नाम टुंगो लागेको छ । संस्थापनका दाबेदारबीच बिन्दु अध्यक्षमा उठ्ने टुंगो लागेको हो ।
अध्यक्षमा बिन्दु, सरोजराज अधिकारी र इश्वरी ओझा मुख्य दाबेदार थिए । तर संस्थापनबीच नेपाल टेलिभिजनमा कार्यरत पत्रकार बिन्दुलाई अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको हो । साथै बिन्दु नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्षसमेत हुन् ।
संस्थापनबाट अध्यक्षमा दाबेदारी गरेका सरोज अधिकारी अब बरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन् । महासचिवमा भीष्मराज ओझा उठ्ने मोटामोटी सहमति बनेको छ ।
पूर्व संस्थापनबाट को ?
पूर्व संस्थापनबाट भने अध्यक्षको उम्मेदवार टुंगो लागिसकेको छैन । पूर्व संस्थापनबाट अध्यक्षमा शिव लम्साल र दीपक आचार्य मुख्य दाबेदार छन् । लम्साल यस अघि अध्यक्षमा बद्रि सिग्देलसँग पराजित भएका थिए ।
पूर्व संस्थापनमा महासचिवमा चर्चित पत्रकार नै मुख्य दाबेदार छन् । खिला कार्की, नकुल अर्याल, रमेश वाग्ले र दिलीप पौडेल महासचिवका मुख्य दाबेदार छन् ।
यही साउन ६ र ७ मा हेटौंडामा प्रेस युनियनको महाधिवेशन हुँदैछ । युनियन कांग्रेसकाे शुभेच्छुक संस्था हाे ।
उपत्यका तथा प्रतिष्ठान तर्फबाट केन्द्रीय उपाध्यक्षमा जीवन भण्डारीले उम्मेदवारी दिने भएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया