बालेनले दिए दुई मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी
काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल समाचारपत्र र हिमालय टिभीविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० मा काठमाडौं महानगरपालिकाले अमुक संस्थालाई बजेट विनियोजन गर्न लागेको भन्ने तथ्यहीन समाचार प्रकाशन गरेकोप्रति महानगरको ध्यानाकर्षण भएको बताएका छन् ।
उनले विज्ञप्ति सार्वजनिक गर्दै लेखेका छन्, ‘पुर्वाग्रहपूर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।’


ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया