अहेवले चलाउँछन् स्थानीय तह
काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको अभावमा धेरै स्थानीय तहलाई निमित्तले नै चलाइरहेका छन्। कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत नै अहेव छन्। कर्णाली र मधेस प्रदेशका अधिकांश स्थानीय तहमा अहेवले चलाएका छन्। कतै कृषिका कर्मचारीले चलाएका छन् भने कतै शिक्षाका कर्मचारीले स्थानीय तहको नेतृत्व लिइरहेका छन्।
स्थानीय तहका प्रमुख तथा राजनीतिक दलका नेताहरू आफू अनुकूलका कर्मचारी भेटे निमित्तमै चित्त बुझाउने गरेका छन्। आफू अनुकूल नभएमा भने केन्द्रबाट खटाइने कर्मचारीलाई स्थानीय तहले हाजिर नै गर्न नदिने गरेका घटना पनि थुप्रै छन्।
स्थानीय तहका जनप्रतिनिधि नै ‘फलानो कर्मचारी प्रमुख प्रशासकीय अधिकृत चाहियो’ भन्दै सामान्य प्रशासन मन्त्रालयमा धाउने गरेका छन्। ‘एकातिर उनीहरू कर्मचारी भएन भनेर ठूला–ठूला मञ्च र मिडियामा बोल्छन्’, सामान्यका एक उच्च कर्मचारीले भने, ‘अर्कोतिर आफू अनुकूल बाहेकका कर्मचारी राख्नै चाहँदैनन्। बजारमा खसीबोका छाने झै आफू अनुकूल प्रमुख प्रशासकीय अधिकृत खोजिरहेका हुन्छन्।’ अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया