श्रीलंकाले आज नयाँ राष्ट्रपति पाउँदै, प्रतिस्पर्धामा तीन अनुहार
काठमाडौं । श्रीलंकाको संसद्मा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । नागरिक आन्दोलनकाे दबाबमा गोटाबय राजापक्षले सकसपूर्ण बहिर्गमन रोजेपछि आज त्यहाँ रिक्त राष्ट्रपति चयनका लागि चुनाव हुन लागेको हो ।
नयाँ राष्ट्रपतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । त्यहाँ राष्ट्रपतिको बागडोर सम्हाल्न कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघे, दलस अलापेरु र वामपन्थी नेसनल पिपुल्स पावर पार्टीका अनुरा कुमारा दिसानायके आमनेसामने छन् ।
विक्रमसिंघेलाई सत्तारूढ दल एसएलपिपीले राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको हो । उनी यो दौडमा सबैभन्दा अगाडि देखिएका छन् । तर प्रदर्शनकारीहरू गोटावायसँगै उनको पनि बहिर्गमन चाहिरहेका छन् ।
राष्ट्रपतिका अर्का प्रतिस्पर्धी दलस अलापेरु सत्तारूढ पार्टीकै असन्तुष्ट सांसद् हुन् । जसलाई विपक्षी दलले समर्थन गरेका छन् ।
नयाँ राष्ट्रपति चयनका लागि संसद्का २२५ सांसदले मतदान गर्नेछन् । राष्ट्रपतिमा विजयी हुन यसको आधाभन्दा ज्यादा मत ल्याउनुपर्ने हुन्छ । ।
संसद्ले छान्ने नयाँ राष्ट्रपतिको कार्यकाल नोभेम्बर २०२४ सम्म रहनेछ ।
आफ्नो इतिहासमा श्रीलंकाले खराब आर्थिक अवस्थाको सामना गरिरहेको छ । विदेशी मुद्राको सञ्चिति रित्तिएपछि यहाँ पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुको चरम अभाव छ ।
यहीबीच असन्तुष्ट नागरिक राजपाक्ष सरकारलाई निशाना बनाएर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनले उग्र रूप लिएपछि हालै त्यहाँका राष्ट्रपति गोटाबाय देश र पद दुवै छाड्न बाध्य भएका थिए ।
नयाँ सरकार गठनपछि श्रीलंका हप्तौं लामो आन्तरिक कलहबाट मुक्त भएर लयमा फर्कंने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया