रुसले युद्धमा मारिएका ४५ युक्रेनी सैनिकको शव फिर्ता गर्यो

काठमाडौं । युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनःएकीकरण मन्त्रालयले जनाएको छ ।
रूस-युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ ।
गत साता कोटेन्कोले रूससँगको चारमहिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रनी सैनिक बेपत्ता भएका बताएका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया