छुट्टीमा घर जाँदै गरेका प्रहरी हवल्दार दलका कार्यकर्ताद्वारा कुटिए

काठमाडौं । रोल्पामा एक प्रहरी हवल्दार राजनीतिक दलका नेता–कार्यकर्ताद्वारा कुटिएका छन् ।
रोल्पा नगरपालिका ६ मा घर भएका प्रहरी हवल्दार रामकुमार बाँठामगर विदामा घर फर्कदै गर्दा बाटोमा कुटिएका हुन् ।
सोही नगरपालिकाको जिबाङस्थित अनेरी खोलामा स्थानीय राजनीतिक दलको नेतृत्वमा आएको टोलीले मगरमाथि कुटपिट गरेको थियो । माेटरसाइकलमा सवार हवल्दार जिसीलाई उनीहरूले पछ्याएका थिए । अनि, अनेरी खोलाको एकान्तमा पुगेपछि कुटेका हुन् ।

गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रहेका खेम डिसी नेतृत्वको टोलीले उनीमाथि आक्रमण गरेको बताइएको छ ।
आफूमाथि भएको कुटपिटबारे उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिन नमानेको हवल्दार बाँठामगरले बताए ।
‘आफ्नै संगठनका सदस्यमाथि निर्घात कुटपिट हुँदा पनि प्रहरी प्रशासन भने मौन बनेको छ,’ उनले भने ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया