छुट्टीमा घर जाँदै गरेका प्रहरी हवल्दार दलका कार्यकर्ताद्वारा कुटिए
काठमाडौं । रोल्पामा एक प्रहरी हवल्दार राजनीतिक दलका नेता–कार्यकर्ताद्वारा कुटिएका छन् ।
रोल्पा नगरपालिका ६ मा घर भएका प्रहरी हवल्दार रामकुमार बाँठामगर विदामा घर फर्कदै गर्दा बाटोमा कुटिएका हुन् ।
सोही नगरपालिकाको जिबाङस्थित अनेरी खोलामा स्थानीय राजनीतिक दलको नेतृत्वमा आएको टोलीले मगरमाथि कुटपिट गरेको थियो । माेटरसाइकलमा सवार हवल्दार जिसीलाई उनीहरूले पछ्याएका थिए । अनि, अनेरी खोलाको एकान्तमा पुगेपछि कुटेका हुन् ।

गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रहेका खेम डिसी नेतृत्वको टोलीले उनीमाथि आक्रमण गरेको बताइएको छ ।
आफूमाथि भएको कुटपिटबारे उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिन नमानेको हवल्दार बाँठामगरले बताए ।
‘आफ्नै संगठनका सदस्यमाथि निर्घात कुटपिट हुँदा पनि प्रहरी प्रशासन भने मौन बनेको छ,’ उनले भने ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया