अत्यधिक गर्मीले बेलायतमा सडक पग्लियाे, रेलसेवा अवरूद्ध
लन्डन । तातो हावाका कारण देशभर गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । साथै अत्यधिक तापक्रमका कारण सडक पनि पग्लिएकाे छ ।
सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केही बेरको वर्षाले शीतल गरायो ।
जङ्गलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लण्डन-एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना गर्मीका कारण बिग्रँदा रेलका कर्मचारी भने तिनको मर्मतसम्भारमा व्यस्त रहनुपरेको छ ।
मङ्गलबार भने उनीहरू दोस्रो विश्वयुद्धपछि पहिलोपटक अति व्यस्त भएका थिए , विभिन्न ठाउँमा लागेको आगो निभाउन । आगोले लण्डनका ४१ वटा सम्पदा ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् ।
वायुमण्डलमा धुँवाको बादल फाटेको छैन । बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ । बेलायतसहित ती देशको मङ्गलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया