ग्वार्को कम्प्लेक्समा बिग डिजिटल सञ्चालनमा
काठमाडाैं । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको बुधबारदेखि शुभारम्भ भएको छ । उक्त स्टोरको उद्घाटन नायिका स्वस्तिमा खड्का र स्टोरकी ब्राण्ड दूतले गरेका हुन् ।
ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा स्टोरको एक समारोह बीच उद्घाटन भएको हो । उक्त समारोहमा बोल्दै नायिका खड्काले बिग डिजिटललाई शुभकामना व्यक्त गरिन् । त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले स्टोरको स्थापना गरिएको जनाए ।

उक्त सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध भएको ओझाले बताएका छन् ।
ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्ने जनाइएको छ । स्टोरका अनुसार ग्राहकले खरिद गरेको सामानको घरमा नि स् शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउने छन् ।
बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नँया ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना रहेको छ। यस्तै यसको दिर्घकालिन योजना देशका सबै प्रदेशहरुमा नँया स्टोरहरुको स्थापना गर्ने अधिकृत ओझाले जानकारी गराए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया