स्पेनमा तातो हावा चल्दा एकैसाता ६७९ जनाको मृत्यु
काठमाडौ । स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममामा ६७९ जनाको ज्यान गएको छ ।
स्वास्थय मन्त्रालयकाअनुसार जुलाई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट ज्यान गएको बताइएको छ । यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाबाट सबैभन्दा धेरै यहाँका ज्येष्ठ नागरिकहरुको ज्यान गएको छ ।
सो संस्थाले गरेको अनुसन्धानबाट यहाँ बुधबारसम्म ज्यान गएका ६७९ मध्ये ४३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखिएको छ ।देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ र गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन।
यहाँका स्वास्थ्य अधिकारीहरुले गर्मी अझै बढ्ने अनुमान गरिएको जनाएका छन् । उनीहरुका अनुसार तातो हावाबाट ज्यान जानेको संख्या थप बढ्न पनि सक्दछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया