सबैभन्दा धेरै बाँचेकाे पाण्डाको मृत्यु
काठमाडौं । मानव रेखदेख र स्याहार सुसारमा रहेको विश्वकै एकमात्र जीवित भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । एनएन नामको यो पाण्डा मानव आयुका हिसाबले एकसय पाँच वर्ष बाँच्यो ।
विगत केही सातायाता एनएनको स्वास्थ्य बिग्रदै जाँदा उसले हिँडडुल गर्न मात्र छाडेन, चारोसमेत खाएन । यहाँको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने भएको छ । एनएनलाई उसको चलाखी र चञ्चलताका निम्ति क्लबले सधैँ सम्झिइरहने बताएको छ ।
संसारमा सबैभन्दा लामो समय जीवित रहेको जियाजिया नामको पोथी पाण्डासँगै ११ मार्च १९९९ मा पार्कमा ल्याइएको एनएन चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको थियो । सन् २०१६ मा ३८ वर्षको उमेरमा जियाजियाको मृत्यु भएपछि एनएनले एकाकी महसुस गरेको थियो ।
बेलायतले हङहङलाई मुख्यभूमि चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रबाट केन्द्र सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई विशाल पाण्डा अध्ययन–अनुसन्धानका निम्ति प्रदान गरेको थियो ।
प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुने गरेको छ भने मानव स्याहार पाउँदा थप १० वर्ष बाँच्नसक्ने अध्ययनले देखाएको छ । पर्यावरणीय सन्तुलन एवम् जैविक विविधता कायम गर्न पाण्डा उपयोगी जनावर हुन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया