सत्तारुढ दलकै प्रमुख सचेतकको आरोप : अर्कै नामबाट एसपिपी ब्युँताउने कोशिस भइरहेको छ

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी) अर्कै नाम राखेर ब्युँताउने कोशिस भइरहेको बताएका छन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालले एसपिपी स्वीकार नगर्ने भनेपछि त्यही विषय राखेर अर्को नाममा सम्झौता गर्न खोजेको आशंका व्यक्त गरे ।
सांसद गुरुङले एसपिपीबारे मन्त्रिपरिषद्ले गरेको निर्णय पत्राचार गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराए । उनले यसबारे सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले आनाकानी गरेको भन्दै उनले आपत्तिसमेत जनाए ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया