विदेशमा रहेका नेपालीको मताधिकारको माग गर्दै स्वतन्त्र उम्मेदवार मियाँ निर्वाचन आयोगमा
काठमाडौं । आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र रूपमा लड्ने घोषणा गरेका अब्दुस मियाँले बिहीवार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भेट गरेका छन् ।
बिहीबार अपराह्न निर्वाचन कार्यालयमा भएको भेटमा मियाँले विदेश बस्ने नेपालीहरूले मतदान गर्न पाउने अधिकारबारे जिज्ञासा राखेका थिए ।

करिब आधाघण्टा भएको भेटमा मियाँले समग्र निर्वाचन प्रणाली र आयोगको तयारीका बारेमा पनि जानकारी लिएका थिए ।
जवाफमा आयोगका प्रमुख आयुक्त थपलियाले विदेशमा बस्ने नेपालीहरूलाई मतदान अधिकार दिन तत्काल सम्भव नरहेको बताए ।
’हाम्रो कानूनमा त्यस्तो व्यवस्था छैन,’ थपलियाले भने, ’तर त्यसका लागि अध्ययन भइरहेको छ । हामी कानूनको ड्राफ्ट निर्माण प्रक्रियामा छौं । आयोगले छुट्टै समिति बनाएर रिसर्च गरिरहेको छ ।’

पहिला विदेशमा बस्नेहरूको मतदाता नामावली संकलन गरिने र त्यसपछि मतदान हुँदा प्रक्रियालाई अघि बढाउने क्रममा आयोग रहेको थपलियाले बताए ।
यही कात्तिक अन्तिम या मङ्सिरमा हुने संसदीय चुनावमा भने त्यो सम्भव नरहेको थपलियाले दाबी गरे ।
मियाँ काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवार हुन् । केही साता अघि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।
यसअघि विवेकशील साझा पार्टीमार्फत राजनीतिक सक्रियता देखाएका मियाँ पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्ने निर्णयमा पुगेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया