मानेले जिते अफ्रिकन फुटबलर अफ द इअरको उपाधि
काठमाडौं । सेनेगलका साडियो मानेले अफ्रिकन फुटबलर अफ द इअरको उपाधि जितेका छन् ।
अफ्रिकाको उत्कृष्ट फुटबलर मनोनयनमा मानेसँगै मोहमद सलाह र एडुअर्डो मेन्डी परेका थिए । यी दुवैलाई पछि पार्दै माने उपाधि जित्न सफल बनेका हुन् ।
अफ्रिका फुटबल महासंघ (काफ) का तर्फबाट माने दोस्रोपटक अफ्रिकन वर्ष खेलाडी चयन भएका हुन् ।
मानेले यस वर्षको अफ्रिका कप अफ नेसनको उपाधि सेनेगललाई दिलाएका थिए ।
‘यो वर्षको ट्रफी प्राप्त गर्दा म धेरै धेरै खुसी भएको छु,’ ३० वर्षीय मानेले पुरस्कार ग्रहणपछि भनेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया