हेटौंडामा प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गरे
हेटौंडा । हेटाैंडामा सुरू भएकाे नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
नेपाली कांग्रेसनिकट पत्रकारकाे संगठन प्रेस युनियनले याे महाधिवेशनमार्फत् नयाँ नेतृत्व छनाेट गर्नेछ । महाधिवेशनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा सहभागी भएका छन् ।
प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल नै बनाएर उम्मेदवारहरू निर्वाचनमा सहभागी हुँदैछन् ।
महाधिवेशनमा देशभरबाट १६३० प्रतिनिधि सहभागी भएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया