शिक्षक भर्तीमा घोटाला गरेको आरोपमा भारतीय मन्त्री पक्राउ
काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले पश्चिम बंगालमा शिक्षक भर्ती घोटालामा संलग्नको आरोपमा ममता बेनर्जी सरकारका मन्त्री पार्थ चटर्जीलाई पक्राउ गरेको छ।
करिब २६ घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको बिबिसी हिन्दीले जनाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार पार्थ चटर्जीबाहेक अर्पिता मुखर्जीलाई पनि हिरासतमा लिइएको छ ।
पार्थ चटर्जी हाल पश्चिम बंगाल सरकारमा उद्योग तथा वाणिज्य मन्त्री छन्। पार्थको स्वास्थ्य बिग्रँदै गएपछि शनिबार बिहान चिकित्सकको टोली घर बोलाइएको थियो ।
तृणमूल कांग्रेसले यो रकमसँग पार्टीको कुनै सरोकार नभएको बताएको छ । तर विपक्षी भाजपा र सीपीएमले यसलाई भ्रष्टाचारको नमुना भनेका छन्।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया