कोरोना संक्रमित बाइडेन दैनिक आठ घण्टाभन्दा बढी काम गर्दै
एजेन्सी । कोभिड–१९ सङ्क्रमित अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् ।
शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्स मार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए । उनलाई खानमा पनि अरूची छैन ।
प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीहरूलाई देखिउँदै आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए । कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका साथै उनले सुरक्षा निकाय र गुप्त सूचना प्रवाह गर्ने संयन्त्रहरूबाट टेलिफोनमा जानकारी लिएका थिए ।
“उनी अझै पनि राष्ट्रपतिको काम गरिरहेका छन्, बन्द हुँदैन,” राष्ट्रपति कार्यालयका सञ्चार संयोजक करिन जीन–पियरले भनेका छन् । शुक्रबार निवासमा नै रहेका राष्ट्रपति विभिनन भर्चुअल बैठहरूमा सहभागी भएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया