जानकी मन्दिर सौन्दर्यकरणमा करोडौं अनियमितता
जनकपुरधाम । हिन्दूहरूको आस्थाको केन्द्र हो, जनकपुरधाम । रामजानकी मन्दिरको धार्मिक महत्त्वले मात्रै होइन, यसको सौन्दर्यकरणले पनि सबैको ध्यान तान्छ । तर सोही सौन्दर्यकरणको नाममा करोडौंको भ्रष्टाचार भएको पाइएको छ ।
महालेखा परीक्षकको मधेस प्रदेशले सार्वजनिक गरेको चौथो वार्षिक प्रतिवेदनले जानकी मन्दिर प्रांगणमा मापदण्डविपरीतका गुणस्तरहीन मार्बल प्रयोग गरेको र त्यहाँ करोडौंको अनियमितता भएको उल्लेख छ ।
महालेखाका अनुसार, पुरातत्व विभाग केन्द्रीय कार्यालय र गुठी संस्थान केन्द्रीय कार्यालयले जानकी मन्दिरमा सुझाएको मार्बल र टाइल्सभन्दा फरक कम मूल्यका सामग्री लगाएको पाइएको छ । मन्दिर परिसरमा विभिन्न रंग मार्बल बिछ्याउने सम्झौता भएकोमा पुरातत्व विभागले सेतो रंगको मार्बल मात्र प्रयोग गर्न भनेको थियो । यो विषयमा मुख्यमन्त्रीबाट सैद्धान्तिक सहमति भए पनि काम गर्दा सहमतिलाई लत्याएको पाइएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया