पासाङल्हाम्मु राजमार्ग स्तरउन्नती नभए आन्दोलन गर्छौं : हितबहादुर तामाङ
काठमाडौं । माओवादीका नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङले छहरे–टोखा सुरुङमार्ग बनाउन सरकारले बजेट नछुट्याएकोमा असन्तुष्ट व्यक्त गरेका छन् ।
नुवाकोटबाट निर्वाचित सांसदसमेत रहेका उनले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै तत्काल बजेट व्यवस्था गर्न सरकारसँग माग गरे । शक्तिशाली मुलुक चीनसँग जोडिने यस सडकखण्ड बनाउन सरकारले बजेट नछु्ट्याउनु गम्भीर भएको उनले बताए ।
त्यस्तै बालाजु–रानीपौवा–पिपलटार पासाङल्हाम्मु राजमार्ग स्तरउन्नती नगरेकोमा उनले आपत्ति जनाएका छन् । देशकै पुरानो राजमार्ग अलपत्र हुँदासमेत सरकारले कुनै चासो नदिएको उनले आरोप लगाए ।
‘सडक स्तरउन्नतीका लागि स्थानीयहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गरे । सडकमै धान रोप्ने काम गरे । आन्दोलनबाटसमेत सरकारको ध्यानकर्षण नभएपछि उच्च अदालतमा मुद्दासमेत दायर भयो’, उनले भने, ‘हामीलाई आशा थियो अदालतले तत्काल काम अगाडि बढाउन सरकारलाई आशा दिनेछ तर उल्टै रिट निवेदन खारेज गर्यो । जनताको धैर्यताको बाँध टुट्न लागेको छ सरकार, तत्काल माग सुनुवाइ होस् ।’
जनतासँग प्रत्यक्ष जोडिएका यी राजमार्ग बनाउन सरकारले ध्यान नदिए आन्दोलन गर्ने तामाङले चेतावनी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया