प्रेस युनियन अध्यक्षमा संस्थापन पक्षलाई झट्का : ८३१ मतगणनामा कसको कति ?
काठमाडौं । कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको अध्यक्षमा संस्थापनइतरका उम्मेदवारले निरन्तर अग्रता लिएका छन् । ८३१ मतगणना हुँदा अध्यक्षका उम्मेदवार शिव लम्सालले ४५३ मत ल्याएका हुन् ।
संस्थापनपक्षीय अध्यक्षकी उम्मेदवार अनिता विन्दुले ३६० मत ल्याएकी छिन् । लम्साल ९३ मतले अगाडि देखिएका छन् । अब ५६२ मत गणना हुन बाँकी छ ।
यस अघि युनियनकाे नेतृत्व संस्थापन देउवा पक्षले जितेकाे थियाे ।
यस अघि ६०२ मतगणना गर्दा लम्साल ४५ मतले अघि थिए । दुई मत थप गणना गर्दा लम्साल ९३ मतले अगाडि देखिएका हुन् ।
गणना हुन बाँकी ५६२ मतमा अब लम्साललाई उछिन्नेगरी मत ल्याएमात्रै संस्थापनकी विन्दुले जित्न सक्नेछिन् । अन्यथा लम्साल प्रेस युयिनको अध्यक्षमा निर्वाचित हुनेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया