डढेलो फैलिएपछि अमेरिकामा आपतकाल घोषणा
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपतकाल घोषणा गरिएको छ ।
ओक फायर नाम दिइएको डढेलो शुक्रबारबाट विस्फोटक शैलीमा फैलिन थालेपछि त्यहाँ आपतकाल घोषणा गरिएको हो ।
अग्नि नियन्त्रकहरुले २४ घण्टाभन्दा बढी समय बित्दा पनि आगो नियन्त्रणमा लिन सकेका छैनन् । ‘विस्फोटक आगोले अग्नि नियन्त्रकहरूलाई चुनौती दिइरहेको छ’ क्यालिफोर्नियाको दमकल विभागले भनेको छ ।
डढेलो फैलिएपछि त्यसक्षेत्रका ३ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने १० वटाभन्दा बढी घरहरू नष्ट भइसकेका छन् । डढेलो ११ हजार ९ सय एकडमा फैलिइसकेको छ र यो अहिले अमेरिकामा सबैभन्दा ठूलो सक्रिय डढेलो भएको बताइएको छ ।
क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको छ । एक विज्ञप्तिमा क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले आगो तातो, सुख्खा मौसम र खडेरीको अवस्थाका कारण डढेलो लागेको बताएका छन् ।
अमेरिकाको धेरैजसो राज्यमा अहिले अत्यधिक गर्मी छ । मारिपोसा काउन्टीको तापक्रम शनिबार ३५ डिग्री सेल्सियस पुग्यो र आगामी केही दिनसम्म त्यो स्तरमा रहने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया