प्रधानमन्त्रीका ज्वाइँ पहिलो वरीयतामा एसएसपी बढुवा सिफारिस
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजी–ज्वाइँ दीपेन्द्र कुँवर ‘ख’ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
कुँवर प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी–ज्वाइँ हुन् । भानु भने देउवाका भाइका छोरा अर्थात भतिजा हुन् ।
ज्वाइँ कुँवरलाइ दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार गृह मन्त्रालयले बढुवा गरेको हो ।
नेपाल प्रहरीमा एक साताअघि भएको बढुवामा पनि डिएसपीमा आफ्नो भर्ना ब्याचमध्ये २५ औँ स्थानमा रहेका प्रधानमन्त्री देउवाका अंगरक्षक (पिएसओ) कोमल शाह पहिलो नम्बरमा रहेर एसपी बढुवाका लागि सिफारिस भएका थिए ।

प्रधानमन्त्री देउवाकै शक्तिका कारण शाहले २४ स्थान माथि उक्लिएर पहिलो स्थान कब्जा गरेको बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया