प्रेस युनियनमा पदाधिकारीको नतिजा अन्तिमतिर पुग्दा रोचक प्रतिस्पर्धा, कसले कति मत ल्याए ?
काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा पदाधिकारीतर्फको परिणाम अन्तिम चरणमा पुगेको छ । अब केही सय मात्रै मत गणना बाँकी हुँदा केही पदमा भने प्रतिस्पर्धा रोचक देखिएको छ ।
अध्यक्षमा संस्थापन इतरका शिव लम्सालले नियमित अग्रता बनाउँदै जिततिर अघि बढेका छन् । वरिष्ठ उपाध्यक्षमा प्रेस केसी र सरोज अधिकारीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
उपाध्यक्षमा नकुल अर्याल जितनजिक पुगेका छन् । महासचिवमा इतर पक्षका दिलीप पौडेलको जितको औपचारिकता मात्रै बाँकी छ ।
सचिव खुलाका चार पदमा पनि रोचक प्रतिस्स्पर्धा देखिएको छ ।
१३८३ खसेको मतमा ९७३ मतगणना हुँदा यस्तो नतिजा देखिएको हो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया