२२४ मतगणना गर्न बाँकी हुँदा प्रेस युनियनमा केही पदाधिकारीमा रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?
काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा पदाधिकारीतर्फ अब २२४ मतमात्रै गणना हुन बाँकी छ ।
जसमा अध्यक्षमा शिव लम्साल १२१ मतले अगाडि देखिएका छन् । लम्सालले ६३४ र विन्दुले ५१३ मत ल्याएका छन् । अध्यक्षका अर्का उम्मेदवार भुवन भट्टले १२ मत ल्याएका छन् ।
वरिष्ठ उपाध्यक्षमा भने रोचक प्रतिस्पर्धा देखिएको छ । संस्थापनका सरोज अधिकारीले ५६१ मत ल्याउँदा इतर शेखर कोइराला पक्षका प्रेम केसीले ५८१ मत ल्याएका छन् ।
महासचिवमा ४०१ मतले अगाडि रहेका दिलीप पौडेलको जित पक्का भएको छ । प्रतिस्पर्धी जगन्नाथ दुलालले ३५९ मत ल्याएका छन् । उपाध्यक्ष महिलामा सलोजा दाहाले एक सय बढीको अग्रता लिएकी छिन् ।
उपाध्यक्ष खुलामा नकुल अर्याल र भीष्मराज ओझा जिततर्फ अघि बढेका छन् । सचिवका चार पदमा भने रोचक प्रतिस्पर्धा भइरहेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया