संघर्षका दिन सम्झिदैं मिथुनले भने, ‘आत्महत्या गर्न मन लाग्थ्यो’
एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्तीले हालै एक अन्तर्वार्तामा आफ्ना संघर्षका दिनबारे बताएका छन् । पुराना दिन स्मरण गर्दै उनले त्यसबखत आफूलाई आत्महत्याको सोच आउने गरेको र सपना पूरा गर्न पाउँदिन भन्ने डर रहेको बताएका छन् ।
सपना पूरा गर्न नसकेको अवस्थामा आफ्नो जन्मस्थान कोलकत्ता पनि जाने उपाय नरहेको उनले बताए ।
टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा उनले भने, ‘सामान्यतया म यी विषयमा कुरा गर्न रुचाउदिन । म संघर्षका दिनका कुरा गर्न चाहन्न किनभने यसले आर्टिस्टहरूलाई हतोत्साही बनाउन सक्छ । जो कोही पनि संघर्षबाट गुज्रिन्छ तर मेरो संघर्ष बढी थियो ।’
मिथुनले त्यसअघि भने, ‘कयौं पटक मलाई लाग्थ्यो कि म आफ्ना सपना पूरा गर्न सक्दिन । आत्महत्या गर्नेबारे सोच आउथ्यो । केही कारणवश म कोलकत्ता पनि फर्किन सकिरहेको थिइन । तर, म भन्छु कि, जिन्दगीमा लड्न छोडेर जीवनलाई खतम गर्नु हुन्न । म जन्मसिद्ध योद्धा हुँ । किनभने म हार्न जान्दिन । जसकारण आज हेर्नुस् म कहाँ छु ।’
मिथुन अन्तिम पटक फिल्म ‘कश्मिर फाइल्स’ मा देखिएका थिए । विवेक अग्निहोत्रीको निर्देशनमा बनेको यस फिल्मले प्रदर्शनमा आएको दुई हप्तामै दुई सय करोड रूपैयाँको कारोबार गरेको थियो ।
हाल उनी सञ्जय दत्त र ज्याकी श्राफसँग नयाँ फिल्ममा काम गर्दै छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया