सुनको मूल्य ५०० रूपैयाँले ओरालो
काठमाडौं । मंगलबार तोलामा ८ सय रूपैयाँ बढेको सुनको मूल्य आज पाँच सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलमा ९७ हजार रूपैयाँमा कारोबार भएकाे छापावाल सुन आज ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार छापावाल सुन तोलामा चार सय रूपैयाँ घटेको थियो । आइतबार भने छापावाल सुन तोलामा एक सय रूपैयाँ बढेको थियो ।
त्यस्तै मंगलबार तोलामा ९६ हजार पाँच सय रूपैयाँ तोकिएको तेजावी सुन आजको लागि ९६ हजार कायम गरिएको छ ।
सोमबार तोलामा १५ रूपैयाँ बढेर १ हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज पाँच रूपैयाँ बढेर १ हजार ३२० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया