बलिउड कलाकार क्याट्रिना र विक्की कौशललाई ज्यान मार्ने धम्की
काठमाडौं । बलिउड अभिनेता विक्की कौशलले आफू र आफ्नी श्रीमती एवं अभिनेत्री क्याट्रिना कैफलाई ज्यान मार्ने धम्की आएपछि मुम्बई प्रहरीमा उजुरी दिएका छन् ।
उनले श्रीमती क्याट्रिनालाई एक व्यक्तिले सामाजिक सञ्जालमा केही दिनदेखि लगातार पछ्याइरहेको र त्यही व्यक्तिले आफूलाई समेत धम्की दिएको भन्दै उनी प्रहरीकोमा पुगेका हुन् ।
प्रहरीले साइबर अपराधविरुद्ध सामाजिक सञ्जालको जाँच गरेर आरोप लागेका व्यक्तिसमक्ष पुग्ने जनाएको छ । अर्कोतर्फ, धेरै मिडियाहरुले धम्की दिने व्यक्तिको नाम आदित्य राजपूत रहेको जनाएका छन् । तर प्रहरीले अहिलेसम्म यसको पुष्टि गरेको छैन ।
केही दिनअघि अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की पनि आएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया