‘नो पार्किङ’ क्षेत्रमा यातायातमन्त्रीकै गाडी पार्किङ !
काठमाडौं । नियम उल्लङ्घन गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीकै गाडी ट्राफिक कारबाहीमा परेको छ ।
यातायातमन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेको भेटिएपछि ट्राफिक कारबाहीमा परेको हो ।
ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि कारबाहीस्वरुप यातायातमन्त्रीका चालकलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । ‘नो पार्किङ’ क्षेत्रमा उक्त गाडी रोकिएको पाइएको प्रहरीको दाबी छ ।
सो गाडी मन्त्री राईले चढ्दै आएको भए पनि सो समयमा उनी त्यहाँ थिएनन् खुल्न सकेको छैन ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया