इच्छाराज प्रकरणमा मुछिएका अधिवक्ताले दिए स्पष्टीकरण
काठमाडौं । घुस प्रकरणमा मुछिएका अधिवक्ता रुद्रप्रसाद पोखरेलले स्पष्टीकरण दिएका छन् ।
इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !
ठगीको आरोप लागेका व्यवसायी इच्छाराज तामाङलाई छुटाउन न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका अधिवक्ता पोखरेलले सोमबार नेपाल कानुन व्यवसायी परिषद्समक्ष स्पष्टीकरण दिएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषद्ले उनलाई एक साताभित्र स्पष्टीकरण दिन सार्वजनिक सूचना निकालेको थियो ।
अरु प्रशंगमा बोलेका विषयलाई तोडमोड गरिएको भन्दै आफूले घुस बार्गेनिङ गरेको कुरा अभिवक्ता पोखरेलले अस्वीकार गरेको परिषद् स्रोतले जनाएको छ ।
‘सो अडियो र कुराकानी मेरै हो भन्ने परेको रहेछ । तर अरु नै प्रसंगमा बोलेका कुराहरूलाई तोडमोड गरिएको हो,’ पोखरेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
पोखरेलले दिएको स्पष्टीकरण पेश भइसकेपछि त्यसबारेमा अध्ययन गर्न परिषद्को अनुशासन समितिको बैठक बस्ने बताइएको छ । त्यसपछि थप निर्णय हुने बताइएको छ ।
न्यायाधीशसँग घुस बार्गेनिङ गर्ने पोखरेलसँग परिषद्ले माग्यो स्पष्टीकरण
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया