प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा सोमबार साँझ करिब आधा घण्टा भेटवार्ता भएको हो ।
प्रचण्ड र गौतमबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ ।
नेकपा विभाजनपछि केही समय मौन बसेका गौतमले केही समयअघि मात्रै एकता अभियान घोषणा गरेका थिए ।
यता, प्रचण्ड पनि बेला–बेला समाजवादी केन्द्रको कुरा उठाउने गर्छन् । यसै मेसोमा उनले केहीदिनअघि डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका थिए ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया