क्यालिफोर्निया डढेलो : ५७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलियो, ६ हजार विस्थापित
काठमाडौं (एजेन्सी) । क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।
क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।
डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ ।
क्याल फायरको रिपोर्टअनुसार ‘अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको छ ।
अधिकारीहरूले ‘खतरनाक’ भनी वर्णन गरेको डढेलोबाट प्रभावित स्थानमा उद्धारकर्मीहरूले जोखिम क्षेत्रका बासिन्दाहरूलाई उद्धार गर्न र संरचनाहरूको सुरक्षा गर्न खटिरहेका छन् ।
डढेलोले करिब १५ भौतिक संरचनामा पूर्णतया क्षति पुर्याएको छ, हजारौं मानिस डढेलोको जोखिममा परेका छन् ।
क्याल फायर अफिसर हेक्टर भास्केजले भने, ‘प्रभावित क्षेत्रका छ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको छ ।
क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमले शनिबार मारिपोसा काउन्टीमा ‘नागरिक र सम्पत्तिको सुरक्षाको लागि अत्यधिक खतराको अवस्था’ रहेको भन्दै उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरे ।
हालैका वर्षहरूमा, क्यालिफोर्निया र पश्चिमी संयुक्त राज्य अमेरिकाका अन्य भागहरूमा पछिल्ला बर्षहरूमा देखिएको लामो खडेरी र उष्ण जलवायुले गर्दा ठूला डढेलोको जोखिम बढेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया