ओसाकामाथि पिएसजीको सानदार जित
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गाम्बा ओसाकालाई फराकिलो गोल अन्तरमा पराजित गरेको छ । प्रि–सिजन टुरअन्तर्गत गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा पिएसजीले ६–२ गोल अन्तरको सानदार जित निकालेको हो ।
पिएसजीका लागि नेयमारले दुई, बाब्लो सराबिया, लियोनल मेसी, एमबाप्पे र नुनो मेन्डिसले समान एक÷एक गोल गरे ।
ओसाकाका लागि केइसुके कुरोकावा र हिरोटो यामामीले गोल गरेका थिए ।
जापान भ्रमणमा रहेको पिएसजीले निकालेको यो तेस्रो जित हो । यसअभि उसले कावासाकी र उरावा रेड डाइमण्डलाई हराएर पोल्टामा जित पारेको थियो ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया