ओसाकामाथि पिएसजीको सानदार जित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गाम्बा ओसाकालाई फराकिलो गोल अन्तरमा पराजित गरेको छ । प्रि–सिजन टुरअन्तर्गत गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा पिएसजीले ६–२ गोल अन्तरको सानदार जित निकालेको हो ।
पिएसजीका लागि नेयमारले दुई, बाब्लो सराबिया, लियोनल मेसी, एमबाप्पे र नुनो मेन्डिसले समान एक÷एक गोल गरे ।
ओसाकाका लागि केइसुके कुरोकावा र हिरोटो यामामीले गोल गरेका थिए ।
जापान भ्रमणमा रहेको पिएसजीले निकालेको यो तेस्रो जित हो । यसअभि उसले कावासाकी र उरावा रेड डाइमण्डलाई हराएर पोल्टामा जित पारेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया