मंसिर ४ मा संसदीय चुनाव गर्ने प्रमुख निर्वाचन आयुक्तको संकेत

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संघीय संसद्को चुनाव आगामी मंसिर ४ गते हुन सक्ने संकेत गरेका छन् ।
मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो संकेत गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले अर्को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताए ।
‘निर्वाचन आयोगले एकै चरणमा चुनाव सम्पन्न गर्ने गरी मिति सिफारिस गरिसकेको छ,’ उनले भने, ‘आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ ।’
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया