लामालाई श्रद्धाञ्जलि दिँदै प्रचण्डले भने : ‘कल्कत्ते काइँयो’ ओठमा सधैँ बसिरहनेछ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक लोक गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेको छन् । उनले आज सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।
अध्यक्ष प्रचण्डले लामाले गाएका ‘कल्कत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘के को साँचो’ जस्ता गीतलाई सम्झादै यी सदा आफ्ना ओठमा बसिरहने बताएका छन् ।

‘आफ्नो उत्कृष्ट कला पस्केर नेपाली स्रोता अनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुने चर्चित गायक एवं चरित्र अभिनेता जयनन्द लामाको निधनको खबरले दुःखी छु’, उनले फेसबुकमा लेखेका छन्, ‘लोकप्रिय कलाकार लामा भौतिक रुपमा हामी माझ नरहेता पनि कल्कत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, के को साँचोजस्ता उहाँका अनगिन्ति सिर्जना हाम्रा ओठमा सदैव बसिरहनेछन् । हामी सम्झिरहनेछौं । कलाकार जयनन्द लामाप्रति भावपूर्ण श्रद्धाञ्जलि !’
प्रचण्डले लामासँगको तस्बिरसमेत सामाजिक सञ्जालमा राखेका छन् ।
कलाकार लामाको आज बिहान निधन भएको हो । उनी घरको गेटमा मृत अवस्थामा भेटिएको बताइएको छ ।
लामा सिन्धुपाल्चोक बाह्रबीसेका हुन् । उनले दर्जनौं लोकगीतमा स्वर दिनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभियान गरेका थिए ।
पछिल्लो समय उनी ‘हल्का रमाइलो’ नामक टेलिश्रृंखलामा देखिँदै आएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया