‘कोब्रा सर्पभन्दा पनि विषालु भए केटी’ भन्ने विवादित तीज गीत यस्तो छ
काठमाडौं । खेम भण्डारीको ‘नाबालिका नानी’ भन्ने तीज गीत विवादास्पद बनेको छ । ‘सोझा केटा देख्यो कि त नभाको आरोप लाग्यो, केटीको जात देख्दा नी डराउने दिन आयो’ भन्ने भण्डारीको गीत युट्युवमा आएलगत्तै विवादित बनेको हो ।
महिलाले पुरुष हिंसा बढाएको भन्दै गीतमा कोब्रा सर्पभन्दा पनि केटीहरू विषालु भएको विवादास्पद विषय समेटिएको छ ।
गीत युट्युवमा आएलगत्तै यसका शब्दप्रति सामाजिक संजालमा असन्तुष्टि र विरोध देखिन थालेको छ ।
पत्रकार पुष्पा केसीले महिलामाथि हिंसा गर्न पाउनुपर्छ भन्ने यो गीत बनाउने हिंस्रकमाथि तुरुन्तै कारबाही गर्न माग गरेकी छिन् ।
यो गीत दुई दिन अघि मात्रै युट्युवमा अपलोड गरिएको हो ।
यस्तो छ गीत
https://www.youtube.com/watch?v=w8ReM5Lfp-M
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया