बागमती प्रदेशसभा : साढे चार वर्षमा ७० विधेयक पारित
बागमती । बागमती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ ।
सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् । त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले भनेका छन् ।
प्रदेशसभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन वटा विधेयक विविध कारणले स्वीकृत हुन नसकेको बताइएको छ । सङ्घीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको उनको गुनासो रहेको छ ।
प्रदेशसभाको वैठक हालसम्म दुई सय ८८ घण्टा २० मिनेट बसेको सो प्रदेशसभाले जनाएको छ । त्यसैगरी हालसम्म प्रदेशसभामा ११ वटा शुन्य समय तथा २९ वटा विशेष समयको कार्यक्रम राखिएको बताइएको छ ।
मूलतः नीति कार्यक्रम र बजेट निर्माणमा केन्द्रित रहेको प्रदेशसभाको १० औँ अधिवेशनमा मूल विधेयक तीन वटा र संशोधन विधेयक तीन वटा तथा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक एक वटा पारित भएको सभामुख श्रेष्ठले बताए । यस्तै तीन वटा प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताइएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया